सात महिनामा १२ अर्ब राजस्व संकलन

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १२ अर्ब ३० करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।
गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ३१ करोड कम राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा ११ अर्ब ७५ करोड ७२ लाख संकलन भएको छ । जसमा १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।
आयकरमा ३० करोड ७७ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) मा १७ करोड २७ लाख ९० हजार, ब्याजमा तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा ८२ लाख ५२ हजार राजस्व संकलन भएको उनको भनाइ थियो ।
कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया