सात महिनामा १२ अर्ब राजस्व संकलन
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा १२ अर्ब ३० करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।
गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा ३१ करोड कम राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा ११ अर्ब ७५ करोड ७२ लाख संकलन भएको छ । जसमा १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।
आयकरमा ३० करोड ७७ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) मा १७ करोड २७ लाख ९० हजार, ब्याजमा तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा ८२ लाख ५२ हजार राजस्व संकलन भएको उनको भनाइ थियो ।
कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया