निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग
काठमाडाैं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।
सरकारले काठमाडौं बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो ।
केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया