अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङ त्रिपुरासुन्दरीमा एक जनाको मृत्यु
काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।
त्रिपुरासुन्दरी– ५ स्थित घिमिरेगाउँमा पहिरोले नेत्रबहादुर खाडको घर पुरिँदा उनको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले जानकारी दिए । उनका अनुसार घरमूली मृत अवस्थामा फेला परेपनि परिवारका अन्य सदस्य सकुशल रहेका छन्।
‘स्थानीय प्रशासनले मृतको लासलाई पोष्टमार्टनका लागि सल्यानटार अस्पताल पठाइएको छ । पहिरोले ५ वटा घर बस्न नमिल्ने गरी क्षति भएको छ । पीडित परिवारका लागि गाउँपालिकाले नजिकै सुरक्षित स्थानमा अस्थायी व्यवस्था मिलाएको छ । क्षति मुल्याङन गरी मृतकका परिवार र क्षति भएका घरको विषयमा क्षनिपूर्तिको व्यवस्था गर्छौं’, उपाध्य धरेलले जानकारी दिए ।
उनका अनुसार राति १२ बजेतिर घर पहिरोले पुरिएको गाउँलेले थाहापाएपछि गाउँपालिका र स्थानीय प्रशासनमा सहयोगका लागि खबर गरेका थिए । मृतकका बुहारीलाई सुत्केरीको लागि पोखरा अस्पतालमा भर्ना गरिएको छ । एउटा छोरा दुई महिना अघि रोजगारीका लागि कोरिया गएका छन् । घरमा श्रीमान र श्रीमती मात्र रहेका थिए ।
मृतकका श्रीमती खाना बनाउने ठाउँमा रहेकोले केही नभएको उपाध्यक्ष धरेलले बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया