अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङ त्रिपुरासुन्दरीमा एक जनाको मृत्यु
काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।
त्रिपुरासुन्दरी– ५ स्थित घिमिरेगाउँमा पहिरोले नेत्रबहादुर खाडको घर पुरिँदा उनको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले जानकारी दिए । उनका अनुसार घरमूली मृत अवस्थामा फेला परेपनि परिवारका अन्य सदस्य सकुशल रहेका छन्।
‘स्थानीय प्रशासनले मृतको लासलाई पोष्टमार्टनका लागि सल्यानटार अस्पताल पठाइएको छ । पहिरोले ५ वटा घर बस्न नमिल्ने गरी क्षति भएको छ । पीडित परिवारका लागि गाउँपालिकाले नजिकै सुरक्षित स्थानमा अस्थायी व्यवस्था मिलाएको छ । क्षति मुल्याङन गरी मृतकका परिवार र क्षति भएका घरको विषयमा क्षनिपूर्तिको व्यवस्था गर्छौं’, उपाध्य धरेलले जानकारी दिए ।
उनका अनुसार राति १२ बजेतिर घर पहिरोले पुरिएको गाउँलेले थाहापाएपछि गाउँपालिका र स्थानीय प्रशासनमा सहयोगका लागि खबर गरेका थिए । मृतकका बुहारीलाई सुत्केरीको लागि पोखरा अस्पतालमा भर्ना गरिएको छ । एउटा छोरा दुई महिना अघि रोजगारीका लागि कोरिया गएका छन् । घरमा श्रीमान र श्रीमती मात्र रहेका थिए ।
मृतकका श्रीमती खाना बनाउने ठाउँमा रहेकोले केही नभएको उपाध्यक्ष धरेलले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया