दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला
दार्चुला । यहाँ एक पुरुष मृत फेला परेका छन् । शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन् ।
महाकाली लोकमार्गको गोकुलेश्वर-खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया