प्रशारण लाइनमा चढेका विकको हेलिकप्टरबाट उद्धार गर्न आग्रह

काठमाडौं । नुवाकोटको ककनीमा बिजुलीको प्रशारण लाइनमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छन् ।
उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेकी हुन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’ प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका १३ घलेगाउँका माइला विक प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेर त्यहीँ बसेपछि ६ घण्टादेखि विद्युत प्रवाह रोकिएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ती व्यक्ति बिहान १० बजेतिर बिजुलीको खम्बा हुँदै प्रशारण लाइनको तारमा चढेपछि करेन्ट लाग्ने सम्भावना भएका कारण विद्युत उत्पादन बन्द गर्नु परेको हो ।
बिहान ११ बजेदेखि ६५ मेगावट बिजुली प्रणालीभन्दा बाहिर छ । बिजुली बन्द गर्नुपर्दा यसको व्यवस्थापनका लागि कतै लाइन बन्द गर्ने, कतै कम क्षमतामा बिजुली पठाउने र भारतबाट ल्याएर उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
स्थानीयका अनुसार विक मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । प्रहरी र स्थानीयले त्यहाँबाट ओलर्न आग्रह गरे पनि उनी त्यहीँ बसिरहेका छन् ।
ताजा अपडेट
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
प्रतिक्रिया