इटालीमा फेरि बढ्यो कोरोना

काठमाडौं (एजेन्सी) । इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ ।
सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ ।
इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ ।
यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो ।
शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । यो २८ डिसेम्बर २०२१ देखिको सबैभन्दा कम संख्या हो ।
महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय सङ्क्रमित रहेका थिए । इटली कोभिडका कारण सुरूमा बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक हो ।
शुक्रबार इटलीमा करिब २१ हजार ५०० नयाँ संक्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो । यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया