इटालीमा फेरि बढ्यो कोरोना
काठमाडौं (एजेन्सी) । इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ ।
सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ ।
इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थले (आइएसएस) शुक्रबार दिएको विवरणअनुसार बिहीबार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ ।
यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो ।
शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । यो २८ डिसेम्बर २०२१ देखिको सबैभन्दा कम संख्या हो ।
महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय सङ्क्रमित रहेका थिए । इटली कोभिडका कारण सुरूमा बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक हो ।
शुक्रबार इटलीमा करिब २१ हजार ५०० नयाँ संक्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो । यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया