खल्तीमार्फत मेरो सेयर खाता नि:शुल्क नविकरण गर्न सकिने
काठमाडाैं । अब खल्ती एपमार्फत मेरो सेयर खाता नि:शुल्क गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले निशुल्क मेरो सेयर खाता नविकरण अफर ल्यायसँगै एममार्फत नि:शुल्क मेरो सेयर खाता नविकरण गर्न सकिने भएको हो ।
यस अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूका साथै नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्ने खल्तीले जनाएको छ । मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
यस अफरअन्तर्गत खल्तीमार्फत भुक्तानी गर्दा भने शतप्रतिशत् क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक सुविधा अधिकतम १ वर्षको नवीकरणका लागि उपलब्ध हुनेछ ।
यद्दपि, प्रयोगकर्ताहरूले आगामी पाँच वर्षसम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्ने खल्तीले जानकारी गराएको छ । प्रत्येक खल्ती आइडीमा यो अफर एक पटकका लागि मात्र योग्य हुनेछ । यो अफर चैत २ गतेसम्म लागू हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया