कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम ९एसपिपी०बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताएका हुन् ।
‘प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो,’ नेता लेखकले भन्छन् ।
उनले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारे । सरकारले एसपिपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उनको भनाइ थियो ।
नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर नित्कर्षमा पुग्ने गरेको उल्लेख गरे । सबै देशसँग कांग्रेसले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उनको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वभाविक भएकाले यसबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया