एसपीपीमा सहभागी हुन नेपाली सेनाले पहिले नै पठाएको थियाे पत्र
काठमाडौं । अमेरिकी सेनाको सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राममा आबद्ध हुन नेपाली सेनाले सन् २०१५ मा पठाएको पत्र सार्वजनिक भएको छ ।
नेपाली सेनाले बिहीबारमात्रै विज्ञप्ति जारी गरी अमेरिकी सैन्य बलसँग कुनै पनि सम्झौता नगरेको दाबी गरेको थियो ।
सन् २०१५ को अक्टुबर २७ अर्थात् ०७२ कात्तिक १० गते प्रधान सेनापति राजेन्द्र क्षेत्रीले तत्कालीन अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पठाएको पत्र सार्वजनिक भएसँगै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा एसपीपीमा सहभागी हुन अनुरोध गरिएको खुलेको छ ।
यो पत्राचार केपी ओली प्रधानमन्त्री भएको बेलामा भएको हो ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं सांसद ईश्वर पोखरेलले प्रतिनिधिसभाको बैठकमा अमेरिकाको एसपीपी एमाले सरकारका पालामा अगाडि बढेको प्रमाण दिन चुनौती दिएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रधानमन्त्री भएकै बेला एसपीपी अगाडि बढेको बताएपछि पोखरेलले प्रमाणित गर्न चुनौती दिएका थिए ।


एसपीपीलाई लिएर विवाद बढ्दै गएपछि सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै कुनै पनि सम्झौता र साझेदारी नगरेको स्पष्टीकरण दिएको थियो । त्यसभन्दा अगाडि नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुईपटक निवेदन दिएको र त्यसपछि मात्रै अमेरिकाले सन् २०१९ मा स्वीकारेको जनाएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया