एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले जारी गरेको २० बुँदे काठमाडौं संकल्पमा के–के छन् ?
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले २० बुँदे काठमाडौं संकल्पपत्र जारी गरेको छ । बिहीबारदेखि काठमाडौंको राष्ट्रिय सभामा सुरू भेलाबाट संकल्पपत्र जारी गरेका हुन् ।
संकल्पपत्रमा एमालेले नेतृत्व गरेको पालिका सुशासनको नमुना बनाउने, भ्रष्टाचार गर्ने छैनौं, गर्न दिन्नौं, भ्रष्टाचारी, व्यभिचारी, प्राकृतिक सम्पत्ति दोहन गर्नेलाई कानुनी कठघरामा उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगायतका २० बुँदा सार्वजनिक गरेका हुन् ।
भेलालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै स्थानीय तह निर्वाचनबाट पाठ सिकेर आगामी प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
पार्टी स्कुल विभाग आयोजना गरेको दुई दिने भेलालाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरले, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले प्रशिक्षण तथा अभिमु्खिकरण तालिम दिएका थिए ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया