एसपीपी प्रकरणमा ओलीको प्रष्टिकरण : मेराे हाेइन, सुशील र प्रचण्डको पालामा सम्झौता अगाडि बढेको हो
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) मा आफ्नो नेतृत्वको सरकारले सामेल नहुने निर्णय गरेको दावी गरेका छन् ।
एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको शुक्रबार काठमाडौंमा भएको दुई दिने प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो पालामा नभइ सुशील र प्रचण्डको सरकारले एसपीपी सम्झौता अगाडि बढाएको आरोप लगाए ।
‘एसपीपी सम्झौता सुशील कोइराला प्रधानमन्त्री बन्दा पत्राचार गरेको र प्रचण्डको पालामा अगाडि बढेको हो’, उनले भने, ‘मेरो नेतृत्वको सरकारको पालामा कार्यदल गठन गरी अस्वीकृत गरेको हो ।’
कोइराला नेतृत्वको सरकारका रक्षामन्त्रीको आग्रहमा एसपीपीको सम्झौता अगाडि बढाएको ओलीले दावी गरे । २०७२ असोज ५ को मन्त्रीस्तरीय निर्णयका आधारमा असोज १३ मा सैनिक हेडक्वार्टरमा पठाएको र तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले कात्तिक १० अमेरिकी दुतावासलाई पत्र लेखेको आफूलाई जानकारी भएको उनले बताए ।
अमेरिकाको हिन्द प्रशान्त हेर्ने सैनिक प्रमुखसहितकाे टाेलीले नेपाल भ्रमण सकेर फर्किएपछि नेपाली सैनिकले अमेरिकी राजदुतलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भएसँगै ओलीमाथि चौतर्फी प्रश्न तेर्सिएपछि त्यसको ओलीले प्रष्टिकरण दिएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया