सत्तागठबन्धन बैठक : एसपीपी सम्बन्धमा स्पष्ट पार्न तत्काल सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीलाई सुझाव
काठमाडौं । एसपीपी विवाद प्रकरणमा छलफल गर्न सत्तागठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता सार्वजनिक भएपछि सरकारमाथि चैतर्फी दबाब बढेको छ । संसदीय समितिको बैठक छल्दै आएका प्रधानमन्त्रीले एसपीपी सम्बन्धमा छलफल गर्न आइतबार गठबन्धनको बैठक बोलाएको सहभागी नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
मुलुककोहित विपरित सरकार अमेरिकी सैन्य रणनीतिको अंग बन्न लागेको आरोप लगाउँदै संघीय सांदहरूले सत्य तथ्यसहित वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे छलफल गर्न रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा उपस्थित हुन ताकेता गर्दै आएको छ ।
खनालका अनुसार गठबन्धन बैठकमा प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण, एसपीपी सम्झौता, आगामी निर्वाचन तयारी सम्बन्धमा छलफल भएको छ । सपीपी सम्बन्धमा स्पष्ट पार्न तत्काल सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीलाई सुझाव दिएको खनालले बताए ।
त्यस्तै बैठकले प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन गर्दै मुलुककाे हितविपरित कुनै सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेकाे छ ।
गठबन्धनल दलका नेताहरूले एमाले सरकारकै पालामा सम्झौता प्रकृया अगाडि बढेको आरोप लगाएका छन् । राष्ट्रियतासँग गाँसिएको गम्भीर विषयमा जानकारी दिन संसदीय समितिमा बोलाउँदासमेत प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।
एसिया प्रशान्त हेर्ने अमेरिकी जनरल प्रमुखसहितको टोलिले नेपाल भ्रमण सकेर स्वदेश फर्किपछि एसपीपी सम्झौता सार्वजनिक भएको थियो । उक्त सम्झौतालाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको चर्को विरोध गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्री बालकृष्ण खाँण लगात शीर्ष नेताहरू सहभागी भएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया