सांसद बस्नेतले भक्तपुरकाे रानी खाेला पुल उद्घाटन गरे
भक्तपुर । सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित पुरानो बसपार्कसँगै निर्माण सम्पन्न रानी खोला पुल उद्घाटन गरिएको छ । प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो पुल उद्घाटन गरेका हुन् ।
उनले सूर्यविनायकको पाण्डु बजारदेखि गुण्डुसम्मको करिब ६ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा रहेको भन्दै उक्त सडकमा हालसम्म ३३ करोड रुपैयाँ बजेटमा काम भइरहेको बताए ।
सांसद बस्नेतले स्थानीय तहको निर्वाचन सकिएकाले स्थानीय तहको निर्वाचनमा कुनै तीक्तता रहेको भए त्यसलाई बिर्सेर सबै पार्टी र नेता मिलेर भक्तपुरको विकासमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले भक्तपुरको विकासले पाँच वर्षको अन्तरालमा निकै फड्को मारेको भन्दै नगरपालिकाले कुनै विभेद नगरी विकासको काम गर्ने बताए।
त्यसअवसरमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापालगायतले विकासमा ऐक्यबद्धता जनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यो पुल सञ्चालनमा आएसँगै पूर्वतर्फ गुण्डुबाट घ्याम्पेडाँडा, रानीकोट र पश्चिमतर्फ अनन्तलिङ्गेश्वर, दधिकोट, बिरुवा, सिरुटार जाने सहज हुने भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया