एमसिसी विवादमा चीन पनि : अमेरिकालाई भन्यो, ‘धम्कीपूर्ण कूटनीतिको विरोध गर्छौं’
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे नेपालमा चरम विवाद भइरहेको छ । चरम विवाद पछिल्लो समय सत्ता गठबनधनमा पनि देखिएको छ । सत्तारढ कांग्रेस र जसपा एमसिसी पारित गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसिसीको विपक्षमा देखिएका छन् ।
यता, अर्को सत्ता पक्षधर घटक राष्ट्रिय जनमोर्चाले भने यसअघि नै एमसिसी पारित गर्नु राष्ट्रघात हो भनिसकेको छ ।
प्रमुख प्रतिपक्षी एमाले भने एमसिसीबारे मौन छ । तर कतिपय सांसदले भने यसको विपक्षमा बोलिसकेका छन् ।
अमेरिकाले यही फेब्रुअरी भित्र एमसिसी पारित गर्न नेपाललाई दबाब दिइरहेको छ ।
नेपालका भइरहेको विवादमा अब उत्तरी छिमेकी चीन पनि मुछिएको छ । यसले राजनीतिमा नयाँ तरंक पैदा गर्ने निश्चित छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको त्यहाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।
शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग निशर्त नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका छन् ।
केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई फोन गरेर एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएका थिए ।
चीनले आज यसैको प्रतिक्रिया दिएको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया