बैतडीको विद्युत् सेवा चार दिनका लागि अवरुद्ध
बैतडी । बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार सोमबारदेखि १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।
विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध भएको छ । उनले भने, “जिल्लामा नयाँ विद्युत् सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो । मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुन्छ ।”
सवस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका सवस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिएका र बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यद्यपि वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन गर्न उपाय खोजिराखेको भट्टले बताए ।
उनले भने “सम्भव भयो भने दिउँसोको केही घण्टा सेवा दिन्छौँ तर त्यो सम्भव हुन्छ भन्ने यकीन छैन ।” विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति विद्युत् प्राधिकरणले क्षमासमेत मागेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया