NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सत्य तथ्य संसदलाई जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जवाफ दिन सरकारलाई रूलिङ गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले मूल्यवृद्धिबारे सरकारको धारणा माग गरेपछि सभामुखले सरकारलाई रूलिङ गरेका हुन् ।

‘माननीयज्यूले उठाएको विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ’, सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सम्बनधमा सत्य तथ्य के हो सदन समक्ष जानकारी गराउँन सरकारलाई निर्देशन गर्दछु ।’

सरकारले गएरातिबाट लागु हुनेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि सरकारको चौतर्फी विरोध भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष