रुसमा थप एक लाख ८० हजार सङ्क्रमित
मस्को । रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन ।
उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।
यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो ।
पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया