रुसमा थप एक लाख ८० हजार सङ्क्रमित
मस्को । रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन ।
उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।
यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो ।
पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया