अर्घाखाँचीका एक शिक्षकमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोप
काठमाडौं । अर्घाखाँचीको ठूलापोखरास्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका तत्कालीन निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलमाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रसम्बन्धी आरोप–पत्र विशेष अदालत, काठमाडौंमा दायर गरेको हो ।
अख्तियारले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक पौडेलले भारतबाट नक्कली प्रमाणपत्र ल्याएर सरकारी जागिर खाएकाले कानुनबमोजिम कारबाहीको माग राख्दै मुद्दा दायर गरिएको जनाएको छ ।
हेरौं विज्ञप्ति :
जिल्ला अर्घाखाँची, नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन शिक्षक हुमलाल पौडेलले झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने गरी निजले नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेकोले निज हुमलाल पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
धनुषामा एक नायब सुब्बाविरुद्ध झण्डै साढे दुई करोड बिगो माग गर्दै मुद्दा दायर
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया