भक्तपुरमा ट्रिपरले लियो दुई जनाको ज्यान
काठमाडौं । भक्तपुरमा बिहीबार ट्रिपरले दुई जनाको ज्यान लिएको छ ।
सूर्यविनायकबाट जगातीतर्फ आइरहेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
ट्रिपरको ठक्करबाट घाइते युवकलाई भक्तपुर अस्पताल लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।
मृतकमध्ये एक १९ वर्षीय निश्चल चौगुठी रहेको खुले पनि अर्काको परिचय खुलेको छैन ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक मेलुङ–३, दोलखाका ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया