भक्तपुरमा ट्रिपरले लियो दुई जनाको ज्यान
काठमाडौं । भक्तपुरमा बिहीबार ट्रिपरले दुई जनाको ज्यान लिएको छ ।
सूर्यविनायकबाट जगातीतर्फ आइरहेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
ट्रिपरको ठक्करबाट घाइते युवकलाई भक्तपुर अस्पताल लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।
मृतकमध्ये एक १९ वर्षीय निश्चल चौगुठी रहेको खुले पनि अर्काको परिचय खुलेको छैन ।
मोटरसाइकललाई ठक्कर दिने ट्रिपरका चालक मेलुङ–३, दोलखाका ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया