सांसद किरातीलाई हैजा संक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीलाई हैजा संक्रमण भएको छ । आफूलाई हैजा पुष्टि भएको जानकारी उनी आफैँले दिएका छन् ।
सांसद किरातीको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि काठमाडौंमा हैजाका चारजना बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।
संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रहसमेत गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेर हैजा रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गरिरहेको छ ।
प्रतिक्रिया