सांसद किरातीलाई हैजा संक्रमण
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीलाई हैजा संक्रमण भएको छ । आफूलाई हैजा पुष्टि भएको जानकारी उनी आफैँले दिएका छन् ।
सांसद किरातीको काठमाडौंकै एक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि काठमाडौंमा हैजाका चारजना बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।
संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रहसमेत गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेर हैजा रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गरिरहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया