सिलवालको ‘बाको कोट’ विमोचन

काठमाडौं । कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरियो । साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन गरेका हुन् ।
यसअघि सिलवालका दुई कृति ‘जीवनका इन्द्रेणी’ कविता सङ्ग्रह र ‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन् ।
शनिबार विमोचन गरिएको उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन् । पुस्तकको समीक्षा गर्दै प्रा डा भरतकुमार भट्टराई र रामहरि गैरेले कृति पठनीय रहेको जानकारी दिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया