दुई सातामै कोरोना तेब्बर, सतर्क रहन अस्पताललाई पत्र
काठमाडौं । दुई सातायता कोभिडको संक्रमण दरमा झण्डै तीन गुणाले वृद्धि भएको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते संक्रमण दर १.१३ प्रतिशत पुगेको थियो । संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।
दुई साताअघि २९ जेठमा १०६ जना संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ ।
त्यस्तै सघन उपचार कक्षमा भर्ना हुने कोभिड–१९ बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जना मात्र सघन उपचारमा थिए ।
विज्ञहरूका अनुसार संक्रमण बढ्ने दर दुई महिनादेखि नै सुरु भए पनि एक सातायता तीव्र बनेको हो । कोभिडको केस बढेपछि सबै अस्पताललाई सतर्क हुन पत्र पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया