थप २९ जनामा काेराेना पुष्टि, १९२ सक्रिय संक्रमित
काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप २९ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७३० जनामा काेराेना परीक्षण गर्दा २१ जना पिसीआर विधिमा र ८ जना एन्टीजेन विधिमा गरी २९ जनामा काेराेना भाइरस देखिएकाे हाे ।
त्यस्तै गत २४ घण्टामा १७ जना काेराेनामुक्त भएका छन् । याे सँगै काेराेनामुक्त हुनेकाे कुल संख्या ९ लाख ६७ हजार ३८९ पुगेकाे छ ।
गत २४ घण्टामा काेराेनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । नेपालमा हालसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९५२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा नेपालमा सक्रिय संक्रमितकाे संख्या १९२ छ भने काेराेनाविरूद्ध खाेप लगाउनेकाे संख्या ५ ७ हजार ७२४ रहेकाे छ ।

ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया