सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ औषधि उत्पादन
काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ ।
चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले जानकारी दिए । यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो ।
यो वर्ष जडीबुटी ल्याउन ठेक्का ढिला भएकाले पनि कम औषधि उत्पादन भएको हो । गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो । ठेक्का सम्झौता भने हुने क्रममा रहेको उनले सुनाए ।
आर्थिक वर्ष ०७७/७८ मा ५७ हजार ८२७ केजी औषधि उत्पादनको लक्ष्य थियो । गत आवमा पनि लक्ष्यको २३.२८ प्रतिशत अर्थात् १३ हजार ४६३ केजी मात्र औषधि उत्पादन भएको थियो । गत वर्ष भने ठेक्का गरेर जडीबुटी भण्डारमा भए पनि कोरोनाको प्रभावका कारण पनि कम उत्पादन भएको जनाइएको छ ।
चालु आर्थिक वर्षमा २३ लट अर्थात् १२ हजार ७५ केजी च्यवनप्राश बनेको छ । एक लटमा ५२५ केजी हुने उत्पादन शाखा प्रमुख यादवको भनाइ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया