NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

रिस कम गर्न खानुहोस् यी खानेकुरा

काठमाडौं । प्रायः सबै मानिसलाई रिस उठ्छ । यो स्वभाविक प्रक्रिया हो । हरेक व्यक्तिले कुनै कुराको प्रतिक्रिया जनाउनु सामान्य कुरा हो । तर कोही कोही व्यक्तिलाई भने सामान्यभन्दा बढी रिस उठ्ने गर्छ । सानो सानो कुरामा व्यक्तिले भयावह प्रतिक्रिया देखाउने गर्छ । हामीले रिस उठ्दा खाने खानाले पनि रिसमा प्रभाव पार्ने गरेको पाइएको छ । त्यसैले रिस उठदा शान्त हुने खानाको प्रयोग गर्नु उत्तम मानिन्छ ।

रिस उठ्बाट कम गर्नका लागि निम्न खानेकुराको प्रयोग गर्न सकिन्छ :

१. नरिवल
नरीवलले ग्लुकोजको स्तर स्तर कम गर्छ, जसले गर्दा तनाव कम हुन्छ र दिमागमा शान्त प्रभाव हुन्छ। यसमा फाइबरको मात्रा हुनाले दिमागलाई शान्त राख्न मद्त गर्छ ।

२. हरियो सागसब्जी
सामान्यतया हरियो सागसब्जीको प्रयोग शरीरका लागि लाभदायक मानिन्छ । यो विशेषत मस्तिष्क र विशेषगरी न्युरोन्सका लागि फाइदाजनक हुन्छ। हरियो तरकारीमा एन्टिअक्सिडेन्ट उच्च हुने हुनाले त्यसले दिमागलाई शान्त बनाउन मद्दत गर्छ।

३. भिटामिन ‘डी’युक्त खानेकुरा
आफ्नो डी को कमीले शरीमा विभिन्न समस्या आउने गर्छ। यसको कमीले रिसलाई बढाउन सक्छ। भिटामिन डीको कमी पूरा गर्न माछा, मासु,अण्डाको पहेंलो भाग र च्याउ जस्ता खानेकुरा आफ्नो खानामा सामेल गर्नुपर्छ । ।

४. सुन्तलाको प्रयोग
सुन्तलामा भिटामिन सी, फाइबर जस्ता तत्व हुनाले यसले रिस कम गर्न मद्त गर्छ । सुन्तला खानाले दिमागलाई शान्त बनाई रिसलाई सन्तुलन गर्न सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष