गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरी लुट्ने लुटेरा गाडीसहित पक्राउ
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी गाडी लुटेर भागेका ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् । उनीहरुलाई सोमबार नै गोदावरी नगरपालिका १ को जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई पक्राउ गर्नुभन्दा अगाडि भण्डारी चढेको ०१-२३-च ६०२१ नम्बरको गाडी फेला पारेको थियो ।
सोमबार दिउँसो गोदावरी नगरपालिका ४ गाइमारेमा हातखुट्टा बाँधेर भिरबाट फालेको अवस्थामा भण्डारी भेटिएका थिए । उनको धनगढीमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया