गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरी लुट्ने लुटेरा गाडीसहित पक्राउ

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी गाडी लुटेर भागेका ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् । उनीहरुलाई सोमबार नै गोदावरी नगरपालिका १ को जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई पक्राउ गर्नुभन्दा अगाडि भण्डारी चढेको ०१-२३-च ६०२१ नम्बरको गाडी फेला पारेको थियो ।
सोमबार दिउँसो गोदावरी नगरपालिका ४ गाइमारेमा हातखुट्टा बाँधेर भिरबाट फालेको अवस्थामा भण्डारी भेटिएका थिए । उनको धनगढीमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया