अध्यक्षको गाडी वृद्धवृद्धा र अशक्त बोक्न प्रयोग
पर्सा । जिल्लाको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ ।
पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुर्याउने र घरसम्म ल्याउने यातायातको साधनका रुपमा आफ्नो गाडी प्रयोग गर्ने निर्णय गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत राजु साहका अनुसार बिन्दबासिनीमा अब सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जानुपर्ने वृद्धवृद्धा र अशक्तलाई लक्षित गरी पालिकाले निःशुल्क यातायात सुविधा उपलब्ध गराउने भएको हो । अध्यक्षको सवारी साधन निःशुल्क उपलब्ध गराउने कार्यपालिकाको बैठकबाट निर्णय भएको गाउँपालिकाका साहले जानकारी दिए ।
यसैगरी गाउँपालिका भित्रका बिरामीको उपचारका लागि पालिकाबाट वीरगञ्ज कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा पुग्न वा ती स्वास्थ्य संस्थाबाट उपचार गरी घरसम्म आउन इन्धन खर्चबापत न्यूनतम शुल्कप्रति बिरामी रु पाँच लिई गाउँपालिको एम्बुलेन्सबाट ल्याउने लैजान गरी व्यवस्थापन मिलाउने योजना रहेको पालिका अध्यक्ष तिवारीले जानकारी दिए ।
वीरगञ्ज बजारबाट न्यूनतम करिब १० देखि अधिकतम २५ किलोमिटर क्षेत्रभित्र बिन्दबासिनी गाउँपालिका पर्दछ । विशेष गरी पालिका भित्रका हरेक बिरामीलाई यसरी न्यूनतम इन्धन शुल्क लिएर बिरामीलाई वीरगञ्जका कुनै पनि स्वास्थ्य संस्था वा अस्पतालमा उपचारका लागि बिरामी लैजाने वा ल्याउने व्यवस्थाले पालिका भित्रका सबैजसो बिरामी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया