कोटेश्वरमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु, एक घाइते
कोटेश्वर । काठमाडौंको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस) को ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकनजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नंको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर घाइते भएका सेनको उपचारका क्रममा बी एन्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको जानकारी दिए ।
सोही दुर्घटनालगत्तै बालकुमारीबाट कोटेश्वर आउँदै गरेको प्रदेश नं ३-०१-००६ ख ०२९५ नंको ट्रकले माइक्रोबसलाई ठक्कर दिँदा माइक्रोबसका सहचालक रामेछाप मन्थलीका २३ वर्षीय विमल सुनुवार घाइते भएका छन् । घाइते सुनुवारको उपचार लागि सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए ।
प्रहरीले दुर्घटनामा संलग्न माइक्रोबस र ट्रकलाई नियन्त्रणमा लिएको छ भने माइक्रोबस चालक फरार रहेकाले खोजी भइरहेको प्रवक्ता मैनालीले बताए ।
दुर्घटनासम्बन्धी प्रहरी वृत्त बानेश्वरले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया