मन्त्री फेरिएपछि बस्दै मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रीहरू फेरिएपछि मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । नेकपा एकीकृत समाजवादीका चार मन्त्री फेरिएपछि मंगलबार मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी बालुवाटार स्रोतले दिएको छ ।
नियमित रुपमा सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो । तर सोमबार नबसेपछि आज दिउसो ३ बजे बैठक बस्न लागेको हो ।
सोमबार समाजवादीका तर्फबाट पर्यटनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमा भवानी खापुङले मन्त्रीको सपथ लिएका थिए । त्यस्तै, श्रम तथा रोजगारमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले सपथ लिएका थिए ।
विवादका बीच समाजवादीका मन्त्री फेरिएका थिए । कांग्रेसमा पनि नयाँ अनुहारलाई मन्त्री बनाउन दबाब छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नयाँलाई अवसर दिने मनस्थिति बनाएका छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया