एसपीपी सम्झौतामा आफ्नो संलग्नता रहेको प्रमाणित गर्न ओलीको चुनौती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय निकै विवादमा परेको अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) सम्झौतामा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् ।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले एसपीपी सम्झौतामा आफूलाई कुनै जानकारी नभएको जिकिर गरे ।
‘एसपीपी सम्झौता तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा पत्राचार गरिएको हो । यो सम्झौतामा मेरो कुनै संलग्नता छैन । चलानी नम्बर र तिथि–मिति सच्याएर मलाई फसाउन सरकारले किर्ते गरेको छ’, ओलीले भने, ‘म दावीका साथ भन्छु । मेरो संलग्नता भए पत्र सार्वजनिक गरियोस् ।’
उनले तत्कालिन प्रधानसेनापति अमेरिकामा जिउँदै रहेको भन्दै उनले पत्राचारको वास्तविकताबारे अमेरिकी दूतावासले पनि यथार्थ बोल्नुपर्ने बताए । ओलीले आफूपछि प्रचण्ड प्रधानमन्त्री भएको समयमा एसपीपी सम्झौता अगाडि बढेको आरोप लगाए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया