हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट संघीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।
उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताइन् । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।
यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया