रंग भएका खानेकुरा स्वास्थ्यका लागि खतरनाक
काठमाडौं । तरकारी, आइसक्रिम, टमाटर सस, अचार, जाम, जेली र क्यान्डीहरूमा आकर्षण थप्न कृत्रिम रंग प्रयोग गरिन्छ । यसलाई फूड डाई पनि भनिन्छ ।
खाद्य रंगहरू रासायनिक पदार्थहरू र सिन्थेटिक रङहरू हुन्, यसले प्रशोधित खानाको रंगलाई बढाउँछ ।
रंगको प्रयोगले खानेकुरा बढी आकर्षक देखिन्छन् । खराब गुणस्तरको खानाको रंगले एलर्जी निम्त्याउन सक्छ । जसका कारण टाउको दुख्ने, अनुहार सुन्निने, दम, सास फेर्न गाह्रो हुने र छाती दुख्ने हुन्छ ।
खानामा फूड कलरिङ प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । बालबालिकाले यस्तो खानेकुरा खाएमा संक्रमण हुने सम्भावना बढी हुन्छ ।
पहेँलो फाइभ फूड डाईको सेवनले छालामा रातो दागहरू देखा पर्छन् । यसले मानिसलाई अटेन्शन डिफिसिट हाइपरएक्टिविटी डिसअर्डर सक्छ । यसले एकाग्रताको कमी, अधिक चञ्चलता र छिटो रिसाउने बनाउँछ । साथै हाइपरएक्टिभिटीको समस्या, मुटु र मस्तिष्कसम्बन्धी रोग लाग्न सक्छ । कलेजो र पाचन प्रणाली बिग्रन सक्छ ।
बजारमा पाइने फास्टफुड र जंकफुडमा नक्कली टमाटर सस र केचपको प्रयोग हुने गरेको छ । यो चिनी र खानाको रंग मिसाएर बनाइन्छ । ससलाई गाढा बनाउन त्यसमा पीठो र बेसार मिसाइन्छ । चिसो पेय पदार्थमा अमोनियाको रासायनिक र कृत्रिम कारमेल रंग प्रयोग गरिन्छ । यसले क्यान्सर हुन सक्छ र मिठाईमा प्रयोग हुने कृत्रिम रंगले ब्रेन ट्युमर हुने सम्भावना हुन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया