बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा ५५ लाख जरिवना तथा गुरुङलाई नौ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो ।
पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया