देउवा कांग्रेसको नभएर गठबन्धनको सभापति बनेको शेखर समूहको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको भेलाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति बन्न नसकेको निष्कर्ष निकालेको छ ।
काठमाडौंमा बिहीबार र शुक्रबार गरी दुई दिन बसेको गुटको भेलाले बरु देउवा सत्ता गठबन्धनको सभापतिजस्तो देखिएको निष्कर्ष निकालेको हो ।
भेलाले पाँच विभिन्न पाँच बुँदे निर्णय गरेको बैठकपछि नेता डा. गोविन्द पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । यसमा जनजीविकाका सवालहरू पनि जोडिएको बताइएको छ ।
‘देउवाले कांग्रेस सभापति भएको आभास गराउन नसकेको निष्कर्ष निकालिएको छ,’ उनले भने, ‘बरु उहाँ गठबन्धनको सभापति भएर हिँड्नुभएको छ ।’
भेलामा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा पनि सहभागी थिए ।
नेतृत्व कांग्रेसको भए पनि सरकार माओवादीले चलाएको छ : शेखर कोइराला
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया