यी हुन् कांग्रेसको शेखर समूहको भेलाले गरेका ५ निर्णय

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको भेलाले पाँच बुँदे विभिन्न निर्णय गरेको छ ।
बैठकपछि नेता डा. गोविन्द पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिँदै यसमा जनजीविकाका सवालहरू पनि जोडिएको बताए ।
काठमाडौंमा शुक्रबार सकिएको भेलाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति बन्न नसकेको आरोप लगाएको छ ।
साथै, भेलाले भ्रष्टाचार न्युनीकरण, परराष्ट्र नीतिलगायत धेरै विषयमा सरकार उदासिन रहेको निष्कर्ष निकालेको छ ।
यस्ता छन् ५ निर्णय :
१. जनजीविकाका मुद्दामा सरकार गम्भीर बन्न नसकेको । विकास खर्च, लगानीको माहोल, अर्थतन्त्रका सूचकहरू, मल, पुस्तकका विषयमा सरकार उदासिन ।
२. राजनीतिक प्रतिबद्धता : राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राअवि प्रधानमन्त्रीको मातहतबाट हटाउने पार्टीको निर्णयलाई कार्यान्वयन नगरेको ।
३. चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाएको र ब्यापकरुपमा नीतिगत भ्रष्टाचार भएको ।
४. परराष्ट्र नीति सबैको साझा बनाउने पहल नगरेको ।
५. सभापति देउवाले विधानअनुसार चल्ने र ४०% महाधिवेशन प्रतिनिधि जस्ले भोट दिएनन् उनीहरूको सभापति हुन नखोजेको देखियो ।
यी सबै मुद्दामा काग्रेसलाई प्रदेश, जिल्ला र पालिका र वस्तीमा परिचालन गर्ने र यी सबै कुरा उठाउने र काग्रेसको छविलाई बलियो बनाउँदै लैजाने शेखर समूहले जनारएकाे छ ।
भेलामा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा पनि सहभागी थिए ।
देउवा कांग्रेसको नभएर गठबन्धनको सभापति बनेको शेखर समूहको निष्कर्ष
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया