बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौं । काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौं लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा परी सख्त घाइते भएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया