सफा हुन थाल्यो महानगर
काठमाडाैं । बालेन शाहको नेतृत्व पाएदेखि नै काठमाडौँ महानगरभित्र सकारात्मक सुधार देखिन थालेका छन् ।
महानगरले मसिना सुधारका कामहरू अघि बढाएको छ । यसैक्रममा महानगरका सडक छेउमा थुप्रिएका माटो तथा फोहोर उठाएर नाली सफा गर्ने काम सुरु भएको छ ।
महानगरले थप जनशक्ति परिचालन गरेर सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोटविरुवा गोडमेल गर्ने, काँटछाँट गर्नेजस्ता काम सुरु गरेको हो ।
सडकबाट छुटेका शाखा सडकबाट जमेका धुलो माटो, फोहोर, फुटपाथमा झाँगिएका झारले महानगर बिरुप बन्दै गएको थियो । नाली सफा नहुँदा पानी ढलमा पस्न नपाएर सडकमा जम्ने समस्या बढ्दै गएको थियो ।
महानगरले सफाइ अभियान अघि बढाएसँगै सडक व्यवस्थित र सफा देखिन थालेको छ ।
तस्बिरमा हेर्नुहोस्, सफा हुँदै गरेको महानगर :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया