मन्त्री विवादमा तानिएपछि अर्थसचिव विदामा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बजेट घोषणाको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई बजेट चलाउन दिएको आरोप लागेसँगै उनी विवादमा फसेका छन् । अझै मन्त्रालयले तीन
महिनासम्म नियमसंगत राख्नुपर्ने सिसिटिभी फुटेज १३ दिनमै मेटियो भनेर विज्ञप्ती जारी गरेपछि यो विवादलाई थप बल पुगेको छ ।
यही मेसोमा मन्त्रालयका सचिव मधुकुमार मरासिनी अनिश्चितकालिन बिदामा बसेका छन् । मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी आफू यस विवादमा मुछिन नचाहने भन्दै लामो समयका लागि बिदामा गएका हुन् ।
सचिव मरासिनीमाथि पनि सिसिटिभी फुटेज मिलेमतोमा मेटाएको आरोप छ । उनले आज विहानमात्रै अर्थमन्त्री शर्मासँग भेट गरेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया