गोरखाको सिरानचोकमा बस दुर्घटना

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका-४ राम्चेमा आज दिउँसो बस दुर्घटना भएको छ ।
नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । उक्त दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन पठाइएको छ भने १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया