गोरखाको सिरानचोकमा बस दुर्घटना
काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका-४ राम्चेमा आज दिउँसो बस दुर्घटना भएको छ ।
नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । उक्त दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन पठाइएको छ भने १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
अहिले उनीहरुको अवस्था सामान्य रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया