अर्थमन्त्रीले राजीनामा दिनु पर्छ : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताको आधारमा राजीनामा दिएर सत्यतथ्य छानबिनका लागि बाटो दिनुपर्ने बताएका छन् ।
उनले नेकपा माओवादी केन्द्रले पनि मन्त्री शर्मालाई फिर्ता बोलाएर विवादित विषयमा तत्काल छानबिनका लागि बाटो खोल्नु पर्ने पनि बताएका छन् ।
उनले भनेका छन्, ‘बजेट निर्माणका बेला अर्थमन्त्रीले मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको र राजस्वका दरहरू परिवर्तन गरेको आरोप लागेको छ । अर्थमन्त्रीको कार्यशैलीलाई लिएर चौतर्फी विरोध र प्रश्न उठिरहेको छ । देशको अर्थ मन्त्रालय जस्तो महत्वपूर्ण निकायको काम कारबाहीमा प्रश्न उठेपछि सम्बन्धित निकायले सत्यतथ्य सार्वजनिक गर्नु जिम्मेवारी हो । तर,उक्त विषयलाई लिएर अर्थ मन्त्रालयले दिएको जवाफले झनै संशय पैदा गरेको छ ।’
लोकतान्त्रिक र कानुनी राज्य व्यवस्थामा भएकाले पनि राज्य जनताप्रति जबाफदेही हुनु पर्ने उनको भनाइ छ । राज्यका जुनसुकै सार्वजनिक काम कारबाहीबारे सम्बन्धित मन्त्रालयमाथि उठेको प्रश्नको उचित जवाफ सोही मन्त्रालयले दिनु पर्ने पौडेलले भनेका छन् ।
उनले सिसिटिभी फुटेजबारे ‘१३ दिनको फुटेज मात्र उपलब्ध छ भन्ने विषयले प्रशस्त शंका गर्ने ठाउँ भएको र सिसिटिभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नु पर्ने अर्थ मन्त्रालयको जिम्मेवारीबाट उम्किने छुट मन्त्रीलाई छैन’ भनेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया