ताैलिया चिसै राख्दा हुन सक्छ भाइरस संक्रमण
काठमाडौं । हामी सबै नुहाएपछि शरीर चिसो नहोस् भनेर तौलियाले पुछ्ने गर्छौं र पुछेको तौलिया जहाँ पायो त्यहीँ राख्ने पनि बानी हुन्छ । कहिले सोच्नु भएको छ यसले हामीलाई कस्तो असर गर्छ । चिसो तौलिया प्रयोग पछि जताततै फाल्नाले त्यसबाट ब्याक्टेरिया, फङ्गस र भाइरस आउने गर्छ ।
चिसो तौलियाका कारण फङ्गस र ब्याक्टेरिया सक्रिय हुुन्छन् । जसले छालाको संक्रमण गराउँछ । त्यस्तो तौलियाले शरीर पुछ्दा पसिना बन्ने प्रक्रिया रोकिन्छ । सुक्खा शरीरमा पसिना धेरै आउँछ तर शरीर भिजेको छ भने पसिना कम आउँछ । पसिना कम आउँदा शरीर रातो हुने, कालो दाग देखिने, चिलाउनेजस्ता समस्या देखिन्छ । खुट्टाको औंलाको बीच भागमा चिलाउने तथा छाला जान्छ ।
एरिजोनाको एक विश्वविद्यालयको अध्ययनमा ९० प्रतिशत चिसो तौलियामा कोलिफर्म ब्याक्टेरिया र १४ प्रतिशतमा कोली पाइएको छ । चिकित्सकका अनुसार परिवारका सबै सदस्यको स्वास्थ्य राम्रो छ भने मात्र एउटै तौलिया प्रयोग गर्नु उपयुक्त हुन्छ ।
तर कोही अस्वस्थ व्यक्तिले प्रयोग गरेको तौलियाबाट अन्य व्यक्तिमा ब्याक्टेरिया सर्न सक्छ । गर्मीको समयमा एकपटक प्रयोग गर्ने बित्तिकै यसलाई धुनु पर्छ । अरु समयमा स्वास्थ्य व्यक्तिले साताको ३ पटकसम्म धुनु राम्रो मानिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया