जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।
भाषण गरिरहेका आबेमाथि पछाडिबाट गोली हानिएको थियो । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
गोली लागेपछि उनी रक्ताम्मे भएर ढलेको तस्बिरमा देखिएको छ ।
उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया