यस्ता छन् तुलसीका फाइदा
काठमाडौं । प्रायः सबैको घरघरमा तुलसीको बोट हुन्छ । तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा चिनिने गरिन्छ । तुलसीको प्रयोग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
हामी सामान्य रुघादेखि खोकी लाग्दासमेत तुलसी पानी पकाएर खाने गर्छौ । यसको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै शरीरमा उर्जा दिन्छ । तुलसीको सेवन गरेपछि श्वास गन्हाउने समस्याबाट छुटकारा पाइनुका साथै मानसिक पीडासमेत कम हुन्छ । यो बहुगुणकारी औषधी हो । यसको पातलाई सबै बढी उपयोगी मानिन्छ । अदुवा अथवा महसँग मिलाएर चिया बनाएर खानाले खोकी, पेट दुखाई तथा विभिन्न संक्रमणहरुबाट बच्न सकिन्छ ।
साथै यसको प्रयोग भोक बढाउन, पाचन शक्तिलाई बढाउन गर्ने पनि गरिन्छ । तुलसीका सबै पाट लाभदायक हुन्छन् । यो सबैको छुट्टा छ्ट्टै महत्व हुन्छ । यसको पातको रस निकालेर कानमा २,४ थोपा हाल्नाल यसले कानको समस्या, दुखाईलाई कम गर्छ । त्यस्तै फिटकिरी र तुलसीको पातलाई मिलाएर लगाउनाले घाउँ ठिक गर्न मद्त गर्छ । यसको सेवनले शरीरको तौल घटाउन, यसको फेस प्याक बनाएर लगाउनाले छालामा निखारता ल्याउँछ ।
तुलसीको सेवनबाट टाउको दुखाई, हृदय सम्बन्धी रोग, कपालसम्बन्धी समस्या लाई निर्मुल गर्ने काम गर्छ । यसमा भएको एन्टी ब्याक्टेरियल तत्वका कारण यो लाभदायिक तथा फाइदाजनक मानिन्छ । चिसोको समयमा यसको जुस तथा चिया पिउनाले शरीर स्फुर्त हुन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया