कांग्रेस केन्द्रीय समितिको बैठक हेरौं ५ तस्बिरमा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । कार्यकर्ताहरूको अवरोधका बीच केही बेरअघि बैठक सुरु भएको हो ।
स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ । साथै, बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिसमेत बनाउने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
बैठकमा जाँदैगर्दा डा. शेखर कोइराला पक्षका कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।
आजको बैठकमा शेखर पक्षले सभापति देउवाको कार्यशैलीबारे आवाज उठाउने बताइएको छ ।
प्रतिक्रिया