कांग्रेस केन्द्रीय समितिको बैठक हेरौं ५ तस्बिरमा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । कार्यकर्ताहरूको अवरोधका बीच केही बेरअघि बैठक सुरु भएको हो ।

स्थानीय तह निर्वाचनपछि पहिलोपटक बसेको बैठकमा निर्वाचनको समीक्षा हुने बताइएको छ । साथै, बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिसमेत बनाउने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

बैठकमा जाँदैगर्दा डा. शेखर कोइराला पक्षका कार्यकताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।

आजको बैठकमा शेखर पक्षले सभापति देउवाको कार्यशैलीबारे आवाज उठाउने बताइएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया