सातदाबाटोसँग हारेपछि ब्रिगेड ब्वाइज रेलिगेसनमा (अंग तालिकासहित)

काठमाडौं । ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
त्यसैगरी ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेसनमा परेको हो । यसअघि २०६३ र २०६८ सालमा रेलिगेसनमा परेको थियो । सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र निरज चौधरीले एक–एक गोल गरे । ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक–एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औँ मिनेटमा ब्रिगेड ब्वाइका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यस्तै खेलको १८औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । खेलको ५१औँ मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको ८७औँ मिनेटमा नीरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जीत दिलाए । यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ । सातदोबाटो पाँचाँै स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाइज १२ खेलमा ७ अङ्क जोडेको छ ।
हेरौं अंक तालिका :
प्रतिक्रिया