कांग्रेसकाे बैठकमा केन्द्रीय सदस्यले भने, ‘दुई महामन्त्री केटाकेटीजस्ता भए’
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केटाकेटी व्यवहार देखाएको आरोप लगाएका छन् ।
स्थानीय निर्वाचनको समीक्षा गर्न बसेको बैठकमा उनीहरूले पार्टीमा छलफल नगरी दुई महामन्त्रीद्वयले अनेकथरी काम र अभिव्यक्ति दिएर केटाकेटीपन देखाएको आरोप लगाए ।
सभापति शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर शेखर कोइराला गुटको बैठकमा सहभागी भएको भन्दै चर्को आलोचना गरे । उनले महामन्त्री थापा फेरि गुटको भेलामा गए बहिस्कार गर्ने चेतावनीसमेत दिए ।
साथै, बुढाथोकीले लोकप्रिय हुन थापाले सभापति देउवाको आलोचना गर्दैै हिँडेको आरोप पनि लगाए ।
केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरूले विभिन्न सञ्चामाध्यममा अन्तर्वार्ता दिँदै पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए ।
केन्द्रीय सदस्य राजीव ढुंगानाले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयप्रति आपत्ति जनाए । पार्टीको सल्लाहविना यस्ता कार्य गर्न नहुने उनको भनाइ थियो ।
प्रधानमन्त्री र चिनियाँ नेताबीचको भेटवार्तामा के–के विषय समेटिए ? गगनले सार्वजनिक गरे ७ बुँदा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया