काठमाडौंमा घरभित्र चितुवा पस्यो, पाँच घाइते
काठमाडौं । घरभित्रै प्रवेश गरेर काठमाडौंमा चितुवाले मानिसमाथि आक्रमण गरेको छ । घटनामा पाँच जना घाइते भएका छन् ।
नागार्जुन नगरपालिका–८, भीमढुंगामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
भीमढुंगास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरभित्र बुधबार राति प्रवेश गरेको चितुवाले मानिसमाथि आक्रमण गरेको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई बुधबार राति नै मनमोहन अस्पतालमा भर्ना गरिएको छ । घाइतेको विभिन्न स्थानमा चोट लागेको जनाइए पनि अवस्थाबारे केही खुलाइएको छैन ।
काठमाडौंमा यसअघि पनि पटक–पटक यसरी चितुवा प्रवेश गर्ने गरेका थिए । जंगलमा आहारको कमीलगायत कारणले चितुवा सहरी क्षेत्रमा प्रवेश गर्ने गरेको जानकारहरू बताउँछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया