सेवाग्राहीलाई दुःख दिने बिचौलिया फन्दामा
काठमाडौं । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भर्याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योन्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबरजस्ती बढी शुल्क लिने गरेकाले पक्राउ गरिएको हो ।
पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया