लेवान्डोस्की र बार्सिलोनाबीच सम्झौता कहिले ?
काठमाडौं । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की स्पेनिस फुटबल क्लब बार्सिलोनामा अनुबन्धित भएका हुन् ।
शनिबार राति उनलाई अनुबन्ध गरिएको भए पनि औपचारिक सम्झौता भने बाँकी रहेको बार्सिलोनाले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार लेवान्डोस्कीको स्वास्थ्य जाँच गर्न बाँकी छ । यसर्थ, त्यसपछिमात्र औपचारिक सम्झौता हुनेछ । यही एक–दुई दिनभित्रै सम्झौता हुने बताइएको छ ।
यद्यपि, बार्सिलोनासँगको सम्झौताका लागि उनी स्पेन पुगिसकेका छन् । बार्सिलोनासँग उनले तीन वर्षको सम्झौता गर्न लागेको बताइएको छ ।
३३ वर्षीय लेवान्डोस्की विश्वकै उत्कृष्ट स्ट्राइकर मानिन्छन् । उनीसँगको सम्झौता एक वर्ष बाकी छँदै उनले जर्मन क्लब बायर्न म्युनिख छोडेका हु्न् ।
उनी २०१४ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बायर्न गएका थिए ।
लेवान्डोस्कीले बायर्नबाट च्याम्यिन्स लिगसँगै प्रायः सबै उपाधि जितिसकेका छन् ।
बायर्नका लागि उनले ३७४ खेलमा ३४४ गोल गरेका छन् । यो निकै राम्रो तथ्यांक हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया