नेतृत्वले आन्तरिक प्रजातन्त्रको चीरहरण गरेको आरोप लगाउँदै चार नेताले राप्रपा त्यागे

काठमाडौं । पार्टीभित्र आन्तरिक प्रजातन्त्रको चीरहण भएको, अहंकार र सर्वसत्तावाद हावी भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना नेताले पार्टी परित्याग गरेका छन् ।
राप्रपाका नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगरबार एक विज्ञप्ति जारी गर्दै राप्रपा त्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरूले आगामी संघीय निर्वाचनमा राप्रपालाई मूलधारको पार्टी बनाउन अथक प्रयास गरेपनि नेतृत्वले आफूहरूलाई अपमानित गरेको, अप्रजातान्त्रिक तबरले तल्लोस्तरको लाञ्छना लगाएको आरोप लगाएका छन् ।
यसअघि मंसिरमा सकिएको राप्रपाको महाधिवेशनमा लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति नेता डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरूसमेत असन्तुष्ट रहेका छन् ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया