नेतृत्वले आन्तरिक प्रजातन्त्रको चीरहरण गरेको आरोप लगाउँदै चार नेताले राप्रपा त्यागे
काठमाडौं । पार्टीभित्र आन्तरिक प्रजातन्त्रको चीरहण भएको, अहंकार र सर्वसत्तावाद हावी भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना नेताले पार्टी परित्याग गरेका छन् ।
राप्रपाका नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले मंगरबार एक विज्ञप्ति जारी गर्दै राप्रपा त्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरूले आगामी संघीय निर्वाचनमा राप्रपालाई मूलधारको पार्टी बनाउन अथक प्रयास गरेपनि नेतृत्वले आफूहरूलाई अपमानित गरेको, अप्रजातान्त्रिक तबरले तल्लोस्तरको लाञ्छना लगाएको आरोप लगाएका छन् ।
यसअघि मंसिरमा सकिएको राप्रपाको महाधिवेशनमा लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति नेता डा. प्रकाशचन्द्र लोहनी लगायत नेताहरूसमेत असन्तुष्ट रहेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया